स्टाफ नर्स सुष्माको हत्या प्रकरणः प्रेम प्रस्ताव नमानेपछि हत्या

स्टाफ नर्स सुष्माको हत्या प्रकरणः प्रेम प्रस्ताव नमानेपछि हत्या

  • आइतवार, चैत्र ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका ३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

त्यसदिन प्रहरीले २५ फागुनमा शव उत्खनन गरेको थियो ।

‘शव उत्खनन गर्दा दुई हात बेल्टले बाँधिएको र घाँटीमा टाइले कसिएको अवस्थामा भेटिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

अनुहार हेरेर मात्र शव चिन्न सकिने अवस्था नभए पनि कपडाको खल्तीमा भेटिएको चाबीबाट उक्त शव सुष्माकै हो भनेर परिवारले शव सनाखत गरेको थियो ।

सुष्मालाई एकै ठाँउका रुपेन्द्रले प्रेमीकाको रुपमा हेरेका थिए । प्रहरीका अनुसार उनीहरु बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो ।

पछिल्लो आठ महिनायता रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध स्वीकार नगरेपछि उनले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ