सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ गठबन्धन बनाईएको हो : प्रधानमन्त्री

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ गठबन्धन बनाईएको हो : प्रधानमन्त्री

  • आइतवार, चैत्र ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ गठबन्धन बनाईएको बताएका छन् । साथै अहिलेको गठबन्धन बामपन्थी शक्तिबीच सहकार्यको निम्ती समेत बनेको उनले दाबी गरे ।

आज पोखरामा पार्टीका अगुवा नेता(कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।’

‘गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको पनि प्रचण्डको भनाई छ। ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ उनले भने।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ