ज्योतिस भट्टाचार्यद्वारा नेपालका लागि एक हजार आठ वटा शिवलिङ्ग प्रदान, राष्ट्रिय समाजसेवी वैद्यले दिए धन्यवाद

ज्योतिस भट्टाचार्यद्वारा नेपालका लागि एक हजार आठ वटा शिवलिङ्ग प्रदान, राष्ट्रिय समाजसेवी वैद्यले दिए धन्यवाद

  • शुक्रबार, चैत्र २, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नयाँदिल्ली, २ चैत । भारतको केरल राज्यका प्रा.ज्योतिस सुद्विप भट्टाचार्यले नेपालका लागि १ हजार ८ वटा शिवलिङ्ग दिने भएका छन् । जे.भी. फाउन्डेसनमार्फत ज्यो. भट्टाचार्यले शिवलिङ्ग प्रदान गर्ने सहमती गरेका हुन् ।
उक्त शिवलिंग सन् २०२५ मा मात्रै नेपाल ल्याईने फान्डेसनका केन्दिय अध्यक्ष राष्ट्रिय समाजसेवी जगदीश वैद्यले जानकारी दिनुभयो ।

प्रा.डा. वैद्यको भारत भ्रमणका क्रममा ज्योतिस भट्टाचार्यले २०२५ मा नेपाल पठाउने गरि एक हजार ८ वटा शिवलिंग दिने प्रतिबद्धता जनाउदै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल ल्याएर ती शिवलिंगलाई सातै प्रदेशमा शिवको मन्दिर भएको स्थानमा प्रदान गरिने वैद्यले बताउनु भयो ।
उहाँका अनुसार नेपाल भरी सातै प्रदेश ७७ जिल्ला ७५३ पालिका मध्य स्थानीय निकायहरुले श्री जगदिस्वर महादेव मन्दिर बनाएको ठाउँमा स्थापना गर्ने सहमती पत्रमा नेपालका तर्फबाट प्रा.डा.वैद्य र भारत केरला राज्य रामेस्वर निवासी प्रा.ज्यो.भट्टाचार्यले हस्ताक्षर गर्नु भएको फाउन्डेसनका सदस्यसचिव डा. एम.पी शाहले जानकारी दिनुभयो । ज्यो. भट्टाचार्यले नेपालका लागी यो सहयोग दुई दसक देखि गर्दै आउनु भए छ।
सम्झौतापत्रमा हस्ताक्षर भएपछि प्रा.डा. वैद्यले भट्टाचार्यलाइ धन्यवाद दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ