नयाँ दिल्ली, २ चैत ।
अन्तरास्ट्रिय सोसल अवार्डबाट सम्मानित राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले तिरुपती बालाजी मन्दिरको दर्शन गर्नुभएको छ । जेभी फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका प्राडा वैद्यले बिहिवार भारतको आंध्र प्रदेश चित्तूर जिल्लामा अवस्थित तिरुपति बालाजी मंदिरको दर्शन गर्नुभएको हो ।
चमत्कारी मन्दिरको रुपमा चिनिएको यो मन्दिर भारतको सबैभन्दा धनी मन्दिरमा पर्छ ।
त्यसअघि प्राडा वैद्यले रामेश्वरम मन्दिरमा दर्शन गरि पुजाअर्चना गर्नुभएको थियो । भारतको तमिलनाडु राज्य अवस्थित प्रसिद्ध रामेश्वरम मन्दिर दर्शन गर्नुअगाडि २७ कुन्डमा स्नान गर्नु भएकाे थियाे । रामेश्वरम मन्दिर दर्शन गर्नुअघि यहाँ नुहाउने गरिन्छ । हिन्दु धर्मावलम्बीको चारधाम मध्य एक धाम रामेश्वराम मन्दिर लिने गरिन्छ ।यहाँ हरेक दिन ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी धर्मावलम्बीले दर्शन गर्ने गर्नेगर्छन ।

फागुन २१ देखि भारतको औपचारिक भ्रमणमा रहनुभएका वैद्य राजनीतिक भेटवार्ता सकेर धार्मिक यात्रामा निस्कनु भएको हो । आज पनि उहाँले आजै कन्याकुमारी र बद्रीकेदारनाथ को दर्शन गर्ने कार्यतालिका रहेको जे.भि.फाउन्डेसन भारत रास्ट्रिय समितिका अध्यक्ष बृजेश कुमार मिश्रले बताउनु भयो।

नयाँ दिल्लीमा रहँदा प्रा.डा. वैद्यले भारतीय जनता पार्टीका नेता तथा सांसद तेजपाल सिंह नागर सहित उच्चपदस्य व्याक्तिहरुसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा उहाँले नागरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई नेपालको पशुपतिनाथ मन्दिर दर्शन भ्रमणको निमन्त्रण पनि पठाउनुभएको छ । प्राडा वैद्य आइतबार स्वदेश फर्कनु हुने भ्रमण टाेलिका सदस्य फाउन्डेसनका सदस्य सचिव डा एमपी शाहले जानकारी दिनुभयाे ।