नयाँ दिल्ली, २९ फागुन । जेभी फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य भारतका बिभिन्न तिर्थस्थलको भ्रमणमा हुनुहुन्छ । फागुन २१गतेदेखि भारतको औपचारीक भ्रमणमा रहनुभएका प्रा.डा. वैद्य राजनीतिक भेटघाट सकेर धार्मिक यात्रामा निस्कनुभएको हो ।
नयाँ दिल्लीमा रहँदा प्रा.डा. वैद्यले भारतीय जनता पार्टीका नेता तथा सांसद तेजपाल सिंह नागर सहित उच्चपदस्य व्याक्तिहरुसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा उहाँले नागरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई नेपालको पशुपतिनाथ मन्दिर दर्शन भ्रमणको निमन्त्रण पनि पठाउनुभएको छ ।
राष्ट्रिय समाजसेवी प्रा.डा. वैद्यले सोमवार रामेस्वरम, तिरुपति बालाजी र कन्याकुमारी र मंगलबार बद्रिकेदारनाथको दशन गर्नुभएको भ्रमण दलका सदस्य फाउन्डेसनका सदस्यसचिव डा.एमपी शाहले जानकारी दिुभयो । वैद्यले भोलि बिहिवार वैष्णुदेवी माताको मन्दिर दर्शन गर्नुहुने कार्यतालिका रहेको उहाँले बताउनु भयो ।
प्रा.डा. वैद्यसहितको टोलीको स्वागतका लागि तिरुपतिमा जे.भी. फाउन्डेसन कर्नाटक प्रदेशका अध्यक्ष पा.डा. नागेस्वर शर्मा पुग्नुभएको थियो ।
भाररतमा नै रहेका बेला प्रा.डा. वैद्य अन्तरास्ट्रिय सोसल अवार्डबाट सम्मानित हुनु भएको थियो । जर्मन हुसेन अन्तर्राष्ट्रिय विश्वबिद्यालयबाट महाविद्यावारीधि सोसल सर्भिस अफ फिलोसफी (डाक्टर) को दिक्षान्त समारोहमा नेपालको तर्फबाट प्रा.डा. वैद्यलाई सम्मानित गरिएको हो ।
बि।स। २०३५ सालदेखि समाजसेवा क्षेत्रमा सक्रिय भएर लाग्नुभएका महालक्ष्मी नगरपालिका ८ लुभुमा जन्मिएका प्रा.डा. वैद्यले व्याक्तिगत तथा फाउन्डेसनमार्फत निस्वार्थ रुपमा समस्यामा परेकाहरूलाई सहयोग गर्दै आउनुभएको छ । ०३५ सालमा पशुपतिमा रक्तदान सहित शव जलाउन आर्थिक सहयोग गर्न सुरु गर्नुभएका वैद्यलाई समाजसेवाकै कारण अवार्ड प्रदान गरिएको हो । वैद्यले अहिले पनि शव जलाउन समेत पैसा नभएका, आफन्त नभएका र बेवारिसे अवस्थामा भेटिएका शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएकाहरुलाई पनि आईरहेको प्राडा वैद्य नेतृत्वको फाउन्डेसनले हालसम्म ६० हजार शव जलाउन आर्थिक सहयोग गरिसकेको छ ।
अध्यक्ष प्रा.डा. वैद्य आफैले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसक्नुभएको छ । साथै उहाँले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।