समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • बुधबार, फाल्गुन ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ, ३० फागुन : नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले किसानका, कर्णालीका बासिन्दाका, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद सिटौलाले भन्नुभयो, “संविधानमा व्यवस्था भए अनुसारका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै मिलेर लाग्नुपर्छ । दलका नेता व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर जनता र मुलुकका लागि सोच्नुपर्छ ।”

संविधानमा गरिएका व्यवस्था तथा सेवाबाट कोही पनि वञ्चित हुन नहुने उहाँले बताउनुभयो । दलका नेताहरु राष्ट्र र जनताप्रति केन्द्रित हुनेभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा लागेका उहाँको भनाइ छ । सांसद सिटौलाले किसानका समस्या, कर्णालीका समस्या, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको भन्दै उपलब्धि जोगाउनका लागि पनि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो । सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले राजनीतिक स्थिरता कायम गर्दै बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत जनताका साझा समस्या समाधान गर्ने प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद डा बेदुराम भुषालले यसअघि राष्ट्रियसभाले गरेका राम्रा कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद बामदेव गौतमले प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सांसदबीच विभेद् हुन नहुने बताउनुभयो । सांसद शेखरकुमार सिंहले मधेश समुदायप्रति कुनै किसिमको विभेद् हुन नहुने बताउनुभयो । सांसद तुलप्रसाद विश्वकर्मा र मेगेन्द्रसिंह यादवले मुलुकमा विद्यमान समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ