ओली र देउवा मिल्नुस् शुभकामना छ , प्रचण्ड डराँउदैन : प्रधानमन्त्री

ओली र देउवा मिल्नुस् शुभकामना छ , प्रचण्ड डराँउदैन : प्रधानमन्त्री

  • बुधबार, फाल्गुन ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले काँग्रेस र एमालेलाई मिल्न आग्रह गरेका छन् । संसदमा आज काँग्रेस लगायत दलका सांसदले ठूला दल मिले भने तपाईको गद्धीको हालत के हुन्छ भनेर प्रश्न गरेपछि जवाफमा प्रचण्डले मिल्न सुझाव दिए ।

देउवा र ओली मिलेर अघि बढे, सहकार्य गरे पनि आफू नडराउने स्पष्ट सन्देश दिएका छन् ।

‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो। आज पनि भनियो। मेरो कामना छ तपाईंहरू मिल्नुस्। सबै मिल्नुस्। तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ। तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ? ,’ प्रधानमन्त्रीले प्रश्न गरे।

विगतमा सबै मिलेर टाउको काट्न खोजेको पनि प्रधानमन्त्री प्रचण्डले स्मरण गरे ।

उनले भने, ‘तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न। राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो।’

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोली फुकाउन आग्रह गरे।

‘यहाँ केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नुभयो। एउटा मर्मको साथ प्रयोग गरेको बुझेँ मैले,’ दाहालले भने, ‘शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो। बोल्नुस्। म भन्छु बोली फुकाउनुस्। बनाउनुस् सहकार्य। माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस्। ’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ