पति रेशमलाई टेरिनन् रञ्जिताले, संसदमा उभिएर भनिन् प्रधानमन्त्रीलाई विस्वासको मत दिन्छौँ

पति रेशमलाई टेरिनन् रञ्जिताले, संसदमा उभिएर भनिन् प्रधानमन्त्रीलाई विस्वासको मत दिन्छौँ

  • बुधबार, फाल्गुन ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, फागुन ३० गते । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । बुधबारको प्रतिनिधि सभामा बोल्दै सो पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले विस्वासको मत दिने जानकारी दिईन् ।

जब कि उनका पति रेशम चौधरी प्रचण्डलाई विस्वासको मत नदिने पक्षमा छन् । उनले विस्वासको मत दिए कार्बाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताईन्।

उनले भनिन्, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरूको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ