फेरी खराब ब्याटिङ, पिएनजीसँग उपाधी भीडन्तमा ८६ रनको निराशाजनक हार

फेरी खराब ब्याटिङ, पिएनजीसँग उपाधी भीडन्तमा ८६ रनको निराशाजनक हार

  • बुधबार, फाल्गुन ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाईनलमा नेपालले फेरी खराब ब्याटिङ गर्दै निराशाजनक हार व्यहोरेको छ । फाईनलमा पिएनजीसँग नेपाल ८६ रनले हार व्यहोर्न पुग्यो ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि सन्दीप जोराले १७ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । जब कि पिएनजीका टोनी उराले ६१ रनको योगदान दिएर टिमलाई अघि बढाएका थिए ।

हिजो मात्रै पिएनजीमाथि शानदार जीत निकालेको नेपालले आज पहिला फिल्डिङ गर्ने आफै निर्णय लिदा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ