पिएनजी बिरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

पिएनजी बिरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

  • बुधबार, फाल्गुन ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल आज पपुवा न्यु गिनीसँग खेल्दैछ । हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेलमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको छ ।

नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो भने पीएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो।

नेपाल र पीएनजीबीच हालसम्म पाँचवटा टी–२० आई खेलमा भिडेका छन्। जसमा नेपाल चार र पीएनजीले एक खेलमा विजयी भएका छन्।

यी दुई क्रिकेट टिम आसन्न टी–२० विश्वकपको तयारीस्वरूप सिरिजमा सहभागी भएका हुन्। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने विश्वकपमा नेपाल ‘डी’ तथा पीएनजी ‘सी’ समूहमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ