काठमाडौं । नयाँ गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी भित्र देखिएको विवादले चरम रुप लिएको छ । नयाँ गठबन्धनमा जाने या नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। श्रीमान् श्रीमतीको मतभेदले पार्टी नै संकटमा पर्ने अवस्था आएको छ ।
मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे।
त्यसपछि रेशम चौधरीले लामो स्टाट्स लेखेर श्रीमतीलाई सम्झाउन नसकेको उल्लेख गरेका छन्। श्रीमतीलाई सम्झाउनकै लागि आफू काठमाडौंसम्म आएको उनले भनेका छन्।
म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ। उनी टस कि मस भइनन्। उनको भनाइ छ( प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे। हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुईपटक प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौं नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं। तिमी पनि मन्त्री भएकी हौ, रेशमले भनेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट केही नहुने उल्लेख गरेका छन्।
उनले आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्रन नसकिने बताएका छन्। त्यसैले कसैलाई भोट नहाल्न पनि उनी श्रीमतीलाई आग्रह गरेका छन्। ुमैले तिमीलाई सम्झाउन सकिन प्रिय। आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन्, ती हामीलाई हृदयदेखि चाहने वाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वालामात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ,ु उनले भनेका छन्।
उनले आफूले रञ्जितालाई सम्झाउन नसक्नु विवसता भएको तर हार भने नभएको बताएका छन् ।