काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोली मलेशिया जाँदैछ । आगामी विश्वकप र एशिया कप छनौट चरणको खेलमा बहराईन बिरुद्ध खेल्न टोली मलेशिया हुँदै जानेछ । मलेशियासँग नेपालले मैत्रीपूर्ण अभ्यास खेल मार्च १५ मा खेल्नेछ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मलेसियासँग खेल्ने मैत्रीपूर्ण अभ्यास खेल र विश्वकप छनौटतर्फ बहराईनसँग हुने दुई खेलका लागि नेपालको फाइनल टोली घोषणा गरेका छन्। राष्ट्रिय टोलीमा लामो समयपछि भरत खवास फर्किएका छन् ।
नेपालले विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईनसँग उसकै घरेलु मैदानमा २१ र २७ मार्चका दिन दुई म्याच खेल्दैछ । नेपालको रंगशालाको गुणस्तरमाथि बहराईनले प्रश्न उठाएपछि नेपालले होम एण्ड अवे दुबै खेल त्यही खेल्न लागेको हो ।
नेपालको टोली
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की