काठमाडौँ । सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता सहभागी छन् ।
नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार पूर्ववर्ती गठबन्धनमा भएको सहमति अनुसार माधव नेपाललाई एक बर्ष प्रधानमन्त्री बनाउनु पर्ने लगायतका माग समाजवादीले राखेको छ ।
आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ । त्यस अघि नै सहमतिमा पुग्न आज छलफल भएको हो ।