पपुवा न्युगिनी बिरुद्ध नेपाल ८५ रनले बिजयी

पपुवा न्युगिनी बिरुद्ध नेपाल ८५ रनले बिजयी

  • मङ्लबार, फाल्गुन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

हङकङमा जारी त्रिकोणात्मक टी–२० श्रृखलामा नेपालले पपुवा न्युगिनीमाथि ८५ रनको फराकिलो जीत निकालेको छ । आज सम्पन्न खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको न्युगिनीलाई नेपालले १६.१ ओभरमा अलआउट गर्दै जीत निकालेको हो । यो जीत सँगै नेपाल तीन अंकका साथ फाईनल प्रवेश गरेको छ ।

न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा कुसल भूर्तेल एक्लैले चार विकेट लिए । ४ ओभरमा १२ रन मात्र खर्चेर उनले चार विकेट झारेका थिए । त्यसै गरी प्रतीश जिसीले दुई तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

पपुवा न्युगिनीका हिरी हिरीले सर्वाधीक २८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । सेसे बाउ २१ र टोनी उराले १३ रन बनाए। नोसेन पोखानाले १२ रन थपे।

त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुसल भूर्तेलले ५९ रन जोडे । उनले ३९ बलमा चार छक्का र चार चौका प्रहार गरे । त्यसपछि सन्दीप जोराले पनि विष्फोटक ब्याटिङ गरे । उनले २६ बलमा चार छक्का र तीन चौकाको मद्धतमा ५६ रन बनाए ।

विनोद भण्डारी २२ बलमा २७ रन बनाएर आउट भए । विवेक यादवले विष्फोटक ब्याटिङ गर्दै चार बलमा तीन छक्का हिर्काएर १९ रन बनाएर नटआउट रहे । गुल्सन झाले अविजीत १५ रन जोडे । कप्तान रोहित पौडेल १ रनमा आउट भए । लोकेश बम १४ र आरिफ शेख ४ रनमा आउट भएका थिए ।

नेपालले फाईनलमा भोली हङकहङ र पपुवा न्युगिनी मध्य एक सँग खेल्नेछ ।

यस अघि हङकङ बिरुद्ध बर्षाका कारण अवरुद्ध भएको खेलमा नेपालले एक अंक प्राप्त गरेको थियो ।

हङकङ र पपुवा न्युगिनीबीच अर्को खेल आजै हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ