धनगढी, २८ फागुन । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा सोमबार अपरान्ह्र आगलागी भएको छ ।
पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको हाे।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने यो एकमात्र पुल हो । पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा आगाे सल्केको हो।
सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ।
ट्रकमा दन्केको आगोबाट कर्णाली पुलको लठ्ठामा पनि आगलागी भएको थियो। दमकलले आगो नियन्त्रणमा लिइरहेको छ।
घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline