विज्ञान तथा प्रविधिमा महिलाको सहभागिता, अवस्था, चुनौती तथा समाधानका बिषयमा बृहत कार्यक्रम गरिदै

विज्ञान तथा प्रविधिमा महिलाको सहभागिता, अवस्था, चुनौती तथा समाधानका बिषयमा बृहत कार्यक्रम गरिदै

  • सोमवार, फाल्गुन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, २८ फागुन । विज्ञान प्रविधिमा महिला (WIST)ले “विज्ञान तथा प्रविधिमा महिलाको सहभागिता, अवस्था, चुनौती तथा समाधान” का बिषयमा बृहत कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर WIST ले काठमाडौंको बागवजारस्थित होटल हार्दिकमा भोली मंगलबार (फागुन २९) प्यानल छलफल कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष रोज श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यकमको सम्पुर्ण तयारि पुरा भएको पनि उहाँले बताउनु भयो । छलफल कार्यक्रम भोली बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म हुँनेछ ।
११४ औं अन्तराष्ट्रिय महिला दिवस २०८० “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ महिला दिवश मनाईरहेको अवसरमा विस्टले भने विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र अवस्थाका बारेमा छलफल गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
प्यानल छलफलमा डा. सौजन्या कर्माचार्य, डा. टिष्टा प्रसाई जोशि र सावित्रि बरालले सहभागिता जनाउनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ