राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता आज, माओवादीका नारायण दाहाल र काँग्रेसका युवराज शर्मा प्रतिद्धन्दी

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता आज, माओवादीका नारायण दाहाल र काँग्रेसका युवराज शर्मा प्रतिद्धन्दी

  • सोमवार, फाल्गुन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभा अध्यक्षको रिक्त स्थानका लागि माओवादीका तर्फबाट प्रचण्डका भाई नारायण दाहाल र काँग्रेसका तर्फबाट युवराज शर्माले मनोनयन दर्ता गर्दैछन् ।

निर्वाचन फागुण २९ मा हुनेछ ।

राष्ट्रिय सभाको सबै भन्दा ठूलो दल भएको र गठबन्धनको पनि साथ रहेका कारण दाहाल अध्यक्ष हुने पक्का पक्की जस्तै छ ।

यस अघिको गठबन्धन भित्रको सहमति र प्रचण्डकै सल्लाहमा कृष्ण सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने संभावना थियो । तर प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेका कारण उनको संभावना सकिए पछि युवराज शर्मा मैदानमा आएका छन् ।

प्रचण्डलाई भेटेरै सिटौलाले धोकाधडीले सँधै नचल्ने भन्दे चेतावनी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ