जे.भी. फाउन्डेसनका अध्यक्ष वैद्य अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

जे.भी. फाउन्डेसनका अध्यक्ष वैद्य अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

  • आइतवार, फाल्गुन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं, २७ फागुन । जे. भि. फाउन्डेशन केन्द्रीय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य अन्तरास्ट्रिय  सोसल अवार्डबाट सम्मानित हुनु भएको छ।

भारतको नयाँ दिल्लिमा भब्य कार्यक्रम दिक्षान्त समारोहमा नेपालको तर्फबाट प्रा.डा. बैद्यलाई सम्मानित गरिएको हो ।

उक्त समारोहमा विभिन्न देशबाट सहभागि भई समाजसेवी प्रतिनिधिहरुको उपस्थितिमा सबैलाई पछि पार्दै अन्तराष्ट्रिय सोसल अवार्ड आफ्नो हातमा पार्न प्रा.डा वैद्य सफल हुनु भएको छ ।

सो अवार्ड प्राप्त गरेपछि डा. बैद्यले आयोजकलाई धन्यवाद दिनु भएको थियो ।

बि.स. २०३५ सालदेखि समाजसेवा क्षेत्रमा सक्रिय भएर लाग्नुभएका प्रा.डा. वैद्यले व्याक्तिगत तथा फाउन्डेसनमार्फत निस्वार्थ रुपमा समस्यामा परेकाहरूलाई सहयोग गर्दै आउनुभएको छ । ०३५ सालमा पशुपतिमा रक्तदान र शव जलाउन आर्थिक सहयोग तथा सहभागीता जनाएर सुरु भएको प्राडा वैद्यकाे समाजसेवा तथा अभियानले हाल पनि निरन्तरता पाईरहेकाे छ । अहिले पनि शव जलाउन समेत पैसा नभएका, आफन्त नभएका र बेवारिसे अवस्थामा भेटिएका शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएकाहरुलाई पनि आईरहेको प्राडा वैद्य नेतृत्वको फाउन्डेसनले हालसम्म ६० हजार शव जलाउन आर्थिक सहयोग गरिसकेको छ । पैसा कै अभावमा कसैको शव बेवारिसे बन्न नपुगोस भन्ने उदेश्यले सहयोग गर्ने गरिएको बताउदै प्राडा वैद्यले मिर्मिरे अनलाइनसँग भन्नुभयाे, `कोहि आफन्त नभएकाहरुको आफै मलामि बनेर दाहसंस्कार छु, काेहि कसैकाे पनि मृत्युु पश्चात् शव जलाउन समेत नसक्ने अवस्था आउन हामी दिदैनौ। देश को जुनसुकै कुनामा भएकालाई पनि हामी सहयोग गर्छौ । ´

अध्यक्ष प्रा.डा. वैद्य आफैले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसक्नुभएको छ । साथै उहाँले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।
यस्तै जाजरकोट केन्द्र बिन्दु भएर आएको भुकम्प पिडितहरु मध्ये महिलाहरुलाई महिनावारी हुदा प्रयोग हुने सेनिटरी प्याड टावल पन्ध्र हजार कार्टुन, जुत्ता एक हजार जोर, त्रिपाल पाँच हजार थान, कम्मल पच्चिस हजार थान, बल्याङ्केट बीस हजार थान, न्यानो लुगा बीस हजार थान, विभिन्न औषधि पचास कार्टून सहयोग गरिसकेको फाउन्डेसनले थप लत्ताकपडा सहितका सामग्री पठाउने तयारि गरेको पनि सदय सचिव एमपि शाहले जानकारी दिनुभयो ।

प्रा.डा. बैध यहि फागुन २१ गतेदेखि भारत भ्रमणमा रहनुभएको छ । वैद्यले दिल्लीमा महत्वपूर्ण भेटवार्ता गर्नुका साथै बिभिन्न प्रान्तहरुको भ्रमण समेत गर्ने कार्यतालिका छ ।
यस्तै अध्यक्ष वैद्यले जे.भी. फाउन्डेसन भारत राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यसँग पनि भेट्नुहुने छ ।

फाउन्डेसनको भारत समितिले नेपाल भरी सातै प्रदेश ७७ जिल्ला ७५३ पालिकामा विभिन्न हिन्दु धार्मिक मन्दिरमा नासेको मासेको हराएको मुर्ति ,घण्ट,गजुर,सिह,त्रिशुल,नन्दीलगायत राख्न तथा गुरुकुललाई खाद्यान्न र लत्ताकपडा समेत गरि नेपालस्थित फाउन्डेसन कार्यालयमार्फत ठूलो सहयोग गर्दै आएको छ ।

सन् २०२४ मा भने समितिले गत साल भन्दा ५० प्रतिशत बढी सहयोग गर्ने सहमति भएको पनि फाउन्डेसनका केन्द्रिय अध्यक्ष वैद्यले जानकारी दिनुभयो । सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको फान्डेसनको नेपाल, भारतलगायत विश्वका झण्डै एक सय वटा देशमा कार्यालय रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ