फागुण ३० गते प्रधानमन्त्रीले विस्वासको मत लिने

फागुण ३० गते प्रधानमन्त्रीले विस्वासको मत लिने

  • आइतवार, फाल्गुन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते संसदमा विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्राचार गरिसकेका छन्। उनले पत्रमा संविधानको धारा १०० उपधारा २ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन संसद सचिवालयसँग आग्रह गरेका छन्।

कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले नयाँ गठबन्धन बनाएपछि पुनः विस्वासको मत लिनु परेको हो । एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको नयाँ गठबन्धन बनेको छ।

कांग्रेस, राप्रपालगायत दल बाहिर परेका छन्। अन्य साना दल हाल सम्म अनिर्णित छन् ।

प्रचण्डले फागुन २१ गते कांग्रेसलाई सरकारबाट हटाएपछि फागुन २२ मा कांग्रेसले समर्थन फिर्ता लिएको थियो।

संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

गत वर्षको पुस ११ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि गत वर्ष पुस २६ मा पहिलोपटक र चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ