त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएपछि हङकङसँग नेपालले अंक बाँडेको छ ।
हङकङको हङकङको टिन कोङ रिक्रियशन मैदानमा आठौं ओभरको खेल सकिँदा निरन्तर वर्षा भएपछि खेल रद्ध हुन पुगेको थियो ।
टस जितेर पहिले बलिङ गरेको नेपालले आठौं ओभरसम्म पुग्दा २ विकेट लिएको थियो।
आज करण केसीले पहिलो बलमै विकेट लिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्सन झाले हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए । हङकङले २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।
त्यसअघि पाचौं ओभरको खेल चलिरहँदा पनि वर्षाका कारण खेल केहीबेर रोकिएको थियो।
खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँढेका छन्। नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline