कृष्ण सिटौलाले चेतावनी दिए, प्रचण्ड जी, तपाईको धोकाधडीको राजनीति यही टुंगिन्छ भन्ने नठान्नु होला

कृष्ण सिटौलाले चेतावनी दिए, प्रचण्ड जी, तपाईको धोकाधडीको राजनीति यही टुंगिन्छ भन्ने नठान्नु होला

  • आइतवार, फाल्गुन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

२७ फागुन, काठमाडौं । कृष्ण प्रसाद सिटौला जतिखेर माओवादी शान्ति प्रकृयामा आँउदै थियो त्यो बेलाका गृहमन्त्री थिए । त्यतिखेर कास्कीको सिकलेसमा प्रचण्डलाई बालुवाटार ल्याउन तिनै सिटौला हेलिकप्टर लिएर कास्कीको सिकलेस गएका थिए । सिटौलाले लगेको सोही हेलिकप्टर मार्फत प्रचण्ड र बाबुराम काठमाण्डौ आएका थिए ।

शान्ति सम्झौता र माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पात्र हुन् कृष्ण सिटौला । त्यसैले प्रचण्डमाथि सिटौलाको पनि भरोसा थियो कि उनले मलाई त कमसेकम धोका दिने छैनन् । त्यही ठानेर उनी गठबन्धनका काबजुद झापा ३ बाट राप्रपाका राजेन्द्र लिङदेनसँग चुनावमा हारे ।

सिटौला जि चाहिने मान्छे भन्दै राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रचण्डको आस्वासनका कारण सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भए ।

तर अहिले उनी राष्ट्रिय सभाको अध्यक्ष हुने संभावना टरेको छ । एमाले र माओवादी मिल्नासाथ सिटौला निर्वाचित हुने संभावना टरेको हो ।

गत वर्ष पुष १० मा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री भएका प्रचण्डले त्यसको एक महिना पछि नै काँग्रेसतिर ढल्किएर एमालेको साथ छाडेका थिए । तर फेरी एमालेतिर ढल्किएर काँग्रेसको साथ छाडेपछि प्रचण्डको विस्वसनीयतामाथि गंभीर प्रश्न काँग्रेसले उठाएको छ ।
आज यही रोष प्रकट गर्न गगन थापा र रमेश लेखकलाई लिएर सिटौला बिहानै बालुवाटार छिरेका थिए ।

प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी सिटौलाले दिएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको आक्रोश छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएपछि उनी आक्रोशित छन् । उनले प्रचण्डलाई भनेका छन्, ‘पार्टीलाई धोका त भयो भयो, तपाईंका कारण मलाई पनि धोका भयो ।’

सिटौला ‘तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहीं टुंगिन्छ भनेर नठान्नुहोला’ भन्दै बाहिरिएका थिए ।

सिटौलालाई प्रचण्डले काँग्रेससँगको गठबन्धन टुट्नुको विभिन्न कारण सुनाए पनि सिटौलाले त्यो तर्क अस्वीकार गर्दै बाहिरिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ