राष्ट्रिय समाजसेवी वैद्य र भारतीय जनता पार्टीका नेता नागरबीच भेटवार्ता

राष्ट्रिय समाजसेवी वैद्य र भारतीय जनता पार्टीका नेता नागरबीच भेटवार्ता

  • शनिबार, फाल्गुन २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २६ फागुन । जे.भी. फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य र भारतीय जनता पार्टीका नेता सासद तेजपाल सिंह नागरबीच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका प्रा.वैद्य र सांसद सिंहबीच दिल्लीमा भेटवार्ता भएको हो । भेटका कममा समसामयी राजनीतिक अवस्था तथा नेपाल भारतबीचको सम्बन्ध र सहयोगका बिषयमा कुराकानी भएको भमण टोलीका सदस्य तथा फाउन्डेसनका सदस्य सचिव डा. एम.पी. शाहले जानकारी दिनुभयो ।

नेता सिंहले प्रा.डा. वैद्यलाई भव्य स्वागत गर्नुभएको थियो । उहाँले नेपाल र भारतबीचको सम्बन्ध सधै सुमधुर रहिरहने र एक अर्काप्रतिको सहयोग र सदभाव सधै रहिरहने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्र.डा. वैद्यले पनि पशुपतिनाथ मन्दिरको प्रसाद स्वरुप रुद्राक्षमाला नेता सिंहलाई लगाईदिनुभएको थियो । भेटका क्रममा प्रा.डा. वैद्यसँगै फाउन्डेसनका सदस्य सचिव डा. शाह पनि रहनुभएको थियो ।

प्रा.डा. वैद्य र शाह यहि फागुन २१ गतेदेखि भारत भ्रमणमा रहनुभएको छ । वैद्यले दिल्लीमा महत्वपूर्ण भेटवार्ता गर्नुका साथै बिभिन्न प्रान्तहरुको भ्रमण समेत गर्ने कार्यतालिका रहेको सदस्य सचिव डा. शाहले जानकारी दिनुभयो । दिल्लीमा भारतीय उच्च पदस्थ व्याक्तिहरुका साथै धार्मिक नेताहरुसँग भेटवार्ता गर्ने डा.शाहले बताउनु भयो । यस्तै अध्यक्ष वैद्यले जे.भी. फाउन्डेसन भारत राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यसँग पनि भेट्नुहुने छ ।

फाउन्डेसनको भारत समितिले नेपाल भरी सातै प्रदेश ७७ जिल्ला ७५३ पालिकामा विभिन्न हिन्दु धार्मिक मन्दिरमा नासेको मासेको हराएको मुर्ति ,घण्ट,गजुर,सिह,त्रिशुल,नन्दीलगायत राख्न तथा गुरुकुललाई खाद्यान्न र लत्ताकपडा समेत गरि नेपालस्थित फाउन्डेसन कार्यालयमार्फत ठूलो सहयोग गर्दै आएको छ ।

सन् २०२४ मा भने समितिले गत साल भन्दा ५० प्रतिशत बढी सहयोग गर्ने सहमति भएको पनि फाउन्डेसनका केन्द्रिय अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।
सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको फान्डेसनको नेपाल, भारतलगायत विश्वका झण्डै एक सय वटा देशमा कार्यालय रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ