तीन जनालाई झपट पुरस्कार

तीन जनालाई झपट पुरस्कार

  • बिहिबार, फाल्गुन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २४ फागुन । झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ श्री कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

यसै गरी योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित भई मानव स्वास्थ्यसेवाको संवर्धनमा उल्लेखनीय योगदान दिएबापत डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् । नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्रा.डा.ऋषीराम शर्मालाई २०८० सालको पचास हजार रुपियाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेको छ ।

झपट पुरस्कार गुठीका अध्यक्ष श्री अरुण राणाको अध्यक्षतामा बसेको गुठीको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी