१७ मन्त्रीको मन्त्रालय तोकियो,आजै नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने

१७ मन्त्रीको मन्त्रालय तोकियो,आजै नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने

  • बुधबार, फाल्गुन २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

फागुन २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।

आजै नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी भइरहेको छ। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्।

एमालेबाट सरकारको नेतृत्व रघुवीर महासेठले गर्नेछन् , उनलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिईएको छ । यस्तै पदम गिरी- कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती- रक्षा मन्त्री, भगवती चौधरी-महिला बालबालिका, राजेन्द्र राई- खानेपानी, दामोदर भण्डारी-उद्योग, ज्वालाकुमारी साह- कृषि, बलराम अधिकारी-भूमि व्यवस्था मन्त्री बनेका छन् ।

माओवादीबाट नरायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन- अर्थ मन्त्री, शक्ति बस्नेत- उर्जा, रेखा शर्मा -सञ्चार, हितबहादुर तामाङ- पर्यटनमन्त्री बन्नेछन् ।

रास्वपाबाट रवि लामिछाने-उपप्रधान तथा गृह, डीपी अर्याल- श्रम, विराजभक्त श्रेष्ठ- युवा तथा खेलकुद, सुमना श्रेष्ठ- शिक्षा मन्त्री बनेका छन् । एमाले नेतृत्वको नयाँ समीकरणबाट सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए।

एमालेले अधिकाशं मन्त्रीहरु गतवर्षको गठबन्धन सरकारमा छोटो समय सहभागी भएका मन्त्रीहरुलाई पठाएको छ। माओवादीले पनि केही मन्त्रीलाई दोहोर्‍याएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ