मिसन ८४ मा बहुमत मात्रै हैन अझै माथिको कुरा हो, त्यो मिसन छाडिन्न : ओली

मिसन ८४ मा बहुमत मात्रै हैन अझै माथिको कुरा हो, त्यो मिसन छाडिन्न : ओली

  • सोमवार, फाल्गुन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको दाबी गरेका छन्। सोमबार एमाले निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूहरु नयाँ ढंगले जान खोजिरहेको दावी गरे ।

उनले भने,‘हामी नयाँ ढंगले जान खोजिरहेका छौं। हेरौं अब, आजको राजनीति छिटो छिटो परिवर्तन हुन खोजिरहेको राजनीति, कतिको प्रभावकारी ढंगले अगाडि बढ्छ। जे होस्, आशिंकरुपमा भएपनि, जस्तो अवस्था देशको भताभुङ्ग बिग्रिएको छ त्यस अवस्थाबाट सकारात्मक बाटो तर्फ फर्किन्छ भन्ने विश्वास लिएको छु। आज केही ठूलै परिवर्तन हुन्छ भन्ने मैले विश्वास हुन्छ।’

निर्णायक शक्ति एमाले भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने ओलीको दाबी छ।

ओलीले भने, ‘देशमा परिवर्तन आवश्यकता छ। जे सुकै परिवर्तन भएपनि हामी ‘मिसन ८४’छोड्दैनौं । राष्ट्रिय शक्तिलाई, नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्यको जुन हो। मिसन चौरासी भनेको चुनावमा बहुमत ल्याउने मात्र होइन, त्यो भन्दा माथिको कुरा हो। राष्ट्रिय शक्तिलाई निर्णायक शक्ति बनाउने हो। त्यसको मापन मात्र निर्वाचनले गर्छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ