फाल्गुन २१,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नयाँ सत्ता गठबन्धनमा सामेल नहुने भएको छ । गत वर्ष पुसमा एमाले र माओवादीसहितको गठबन्धनमा सामेल भएर सरकारमा सहभागी भएको राप्रपा अहिले भने सहभागी नहुने भएको हो ।
राप्रपा नयाँ गठबन्धनमा सामेल नहुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अहिले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेकोले सरकारमा जाने र गठबन्धनमा सामेल हुने संभावना नरहेको बताए ।
त्यसैले नयाँ सहमतिबाट नै मुलुकलाई अघि बढाउने भन्दै आएकाले अहिलेको फेरबदलमा राप्रपाको कुनै सरोकार नरहेको उनले बताए ।
एमाले र माओवादीको बैठकमा पनि राप्रपाले लिएका एजेण्डा ठिक नभएकाले सरकारमा सामेल गराउने नहुनेबारे कुराकानी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline