मन्त्रिपरिषद् आजै पुनर्गठन हुँदै, एमालेसहितका दल सरकारमा सहभागी हुने

मन्त्रिपरिषद् आजै पुनर्गठन हुँदै, एमालेसहितका दल सरकारमा सहभागी हुने

  • सोमवार, फाल्गुन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

फाल्गुन २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आकस्मिक बसेको एमालेको सचिवालय बैठकले सरकारमा जान निर्णय गरेको छ ।

एमालेले सोमबारै पदम गिरीलाई सरकारमा पठाउने छ । माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ । पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दैछ । रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् । दुवै दलका पनि बैठक चलिरहेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पनुर्गठनको पत्र पठाउने छन् । त्यसपछि आजै शपथ हुनसक्ने एक एमाले नेताले जानकारी दिए ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको छ ।आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ