एमाले केन्द्रीय सचिवालय बैठक सम्पन्न, नयाँ सत्ता समीकरणमा जान सक्ने

एमाले केन्द्रीय सचिवालय बैठक सम्पन्न, नयाँ सत्ता समीकरणमा जान सक्ने

  • सोमवार, फाल्गुन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

फाल्गुन २१, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो ।
बैठकमा अध्यक्ष ओलीले आइतवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष ओलीले सत्ता गठबन्धन संकटमा परेको उल्लेख गर्दै आफूहरू नयाँ ढंगले सोचेर तयारी गरेर अघि बढ्नुपर्ने बताए । सत्ता गठबन्धनको बैठक बसेपछि के हुन्छ त्यो हेरेर एमालेले निर्णय लिन्छ, एमाले नयाँ समीकरणमा पनि जान सक्छ एमाले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको छलफलपछि फेरि माओवादीसँग छलफल गरेर अघि बढ्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ