प्रधानमन्त्रीले अथ मन्त्री सहित केही मन्त्रीहरुसँग असन्तुष्टी जनाउदै मन्त्रीपरिषद् हेरफेर गर्ने प्रस्ताव गरेपनि गत पुषदेखि नै मुख्य घट्टक नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तयार थिएनन् ।
कार्यकाल एक बर्ष पूरा भएको अवसरमा पुष १० पछि प्रधानमन्त्रीले मन्त्रीहरु फेर्ने संकेत दिए पनि अहिले सम्म पूरा हुन सकेकोे छैन ।
तर आईतबारदेखि राजनीतिक घटनाक्रमले नयाँ मोड लिने संकेत देखिएपछि देउवा आफ्ना मन्त्रीहरुलाई कुनै पनि बेला राजीनामा दिन तयार रहन निर्देशन दिएका छन् ।
बुढानिलकण्ठमा देउवाले पार्टीका मन्त्रीहरुलाई बोलाएर लामो ब्रिफिगं गर्दै प्रधानमन्त्रीको चित्त बुझ्ने गरी काम गर्न निर्देशन दिएका थिए ।
राजीनामा दिनु पर्ने अवस्था आउन सक्ने भएकैले फिनल्याण्डको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री एनपी साउदले भ्रमण स्थगित गरेर बसेका छन् ।
आईतबार बिहानैदेखि एमाले र माओवादीका नेताहरुको चरण चरणमा बैठक बस्नु, टिआरसीमा एमाले लचिलो हुनु आदि घटनाक्रमले गठबन्धन संकटमा परेको अनुमान गरिएको छ ।
साथै राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा काँग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा समेत दाबी गरेको छ ।
त्यसमा पनि काँग्रेसका कृष्ण सिटौला अध्यक्षकै लागि चुनावमा लडेर निवाचित भएका थिए । त्यो विषयले पनि गठबन्धनमा असर पर्न सक्ने माओवादी नेताहरुको दाबी छ ।