फाल्गुन २०, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल भएको छ ।
महासचिव शंकर पोखरेल लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका ओली र प्रण्डबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टिआरसी संसद्बाट सहमतिका आधारमा अगाडि बढाउने विषयमा छलफल भएको हो । टिआरसी विधेयक संसद्बाट सर्वसम्मत पारित गराउने कसरीमा सत्तारुढ माओवादी केन्द्र रहेको छ ।
टीआरसी विधेयकमा प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान पनि नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा एमाले नेता विष्णु पौडेल र माओवादी केन्द्रका नेता वर्षमान पुन समेत सहभागी छन्। आइतबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक विना निष्कर्ष सकिएको थियो।
एमालेले टिआरसी विधेयकमा थप दुई प्रावधान राख्नुपर्ने अडान लिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो। रास्वपाका सभापति रवि लामिछाने समेत बालुवाटार पुगेका छन्।