ओलीपछि देउवासँग प्रधानमन्त्रीको छलफल, संक्रमणकालीन न्याय टुंग्याउने प्रयास

ओलीपछि देउवासँग प्रधानमन्त्रीको छलफल, संक्रमणकालीन न्याय टुंग्याउने प्रयास

  • आइतवार, फाल्गुन २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

२० फागुन, काठमाडौं । संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी प्रमुख दलका शीर्ष नेतासँग अलग अलग छलफल गरेका छन् ।

शुरुमा ओलीसँग छलफल गरेका प्रधानमन्त्रीले त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवासँग छलफल गरेका थिए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ ।

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ ।

मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक गरिएको हत्या र दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा दलहरुबीच सहमति हुन बाँकी छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि ओली पनि यो विधेयक टुंगो लगाउन सकारात्मक रहेको र देउवा पनि सकारात्मक रहेको स्रोतले बताएको छ । यो विषय संसदको यही अधिवेशनबाट टुंगो लगाउने योजनामा प्रधानमन्त्री रहेका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ