हङकङमा हुने त्रिकोणात्मक सिरिजका लागि रोहितको कप्तानीमा टोलीको घोषणा

हङकङमा हुने त्रिकोणात्मक सिरिजका लागि रोहितको कप्तानीमा टोलीको घोषणा

  • आइतवार, फाल्गुन २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

२० फागुन, काठमाडौं । हङकङमा आगामी साता हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, राशिद खान सहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल समावेश भएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी र कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी टिममा अटेका छैनन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच पहिलो खेल हुनेछ । फागुन २९ मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ ।

फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीका सदस्यहरु

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी ९विकेट किपर०, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द , अविनाश बोहोरा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ