नेदरल्याण्डु्माथि शानदार जीतका बाबदुज फाईनलका लागि नेपालले अझै एक खेल कुर्नु पर्ने

नेदरल्याण्डु्माथि शानदार जीतका बाबदुज फाईनलका लागि नेपालले अझै एक खेल कुर्नु पर्ने

  • शनिबार, फाल्गुन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जीत हात पारेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो ।

यो जीतका बाबजुद नेपाल अझै रन रेटमा दोस्रो स्थानमा रहेको छ । नेपालले भोली नामिविया र नेदरल्याण्डस्बीच हुने खेलको प्रतिपक्षा गर्नु पर्ने हुन्छ । भोली नामीवीयाले ठूलो जीत हात पारेमा नेपाल पुछारमा पुग्नेछ र फाईनल खेल्न पाउने छैन । तर थोरै अन्तरले हारेमा वा नेदरल्याण्डस्ले जितेमा भने नेपालले फाईनल खेल्न पाउनेछ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५।२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

गुल्सन झाले ३६ बलमा ३८ रन बनाएर टिमलाई जितको आधार बनाएका थिए । उनले २ चौका र एक छक्का ठोके । यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।

शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सकेको थियोे ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए ।

यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ