सरकारले आज पनि मिटरव्याज पीडितसँग वार्ता गर्ने

सरकारले आज पनि मिटरव्याज पीडितसँग वार्ता गर्ने

  • शनिबार, फाल्गुन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। हिजो भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज फेरी वार्ता हुने भएको हो ।

शुक्रबारको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्ने सम्भावना रहेको मिटरब्याज पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले न्यायको लागि अधिकार सम्पन्न आयोग गठन गर्नुपर्नेसहितका ६ बुँदे माग राखेर विगत एक महिनादेखि आन्दोलन गर्दै आएको छ।

उनीहरु २३ दिन हिँडेर एक साताअघि काठमाडौँ आइपुगेका हुन्। काठमाडौँ आएपछि उनीहरुले दिनहुँ धर्ना र जुलुशसहितका कार्यक्रम गर्दै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ