फाईनलका लागि निर्णायक खेलमा नेपालले नेदरल्याण्डस्को सामना गर्दै

फाईनलका लागि निर्णायक खेलमा नेपालले नेदरल्याण्डस्को सामना गर्दै

  • शनिबार, फाल्गुन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला अन्तर्गत नेपालले आज निर्णायक खेलमा नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालले तीन खेल मध्य एकमा जीत तथा दुईमा हार व्यहोरेको छ । आज नेदरल्याण्डस्लाई हराउन सके नेपाल फाईनल प्रवेश गर्नेछ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई ३ रनले हराएको थियो।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्यान्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो। शृंखलामा नेदरल्यान्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ।

नेपाल र नामिबियाको दुई दुई अङ्क भए पनि नेट रनरेटका आधारमा नेपाल दोस्रो स्थानमा छ । नेपालले आगामी विश्वकपको तयारीका लागि यो सिरिजको आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी