नामिवियामाथि नेपालको रोमाञ्चक जीत, फाईनल पुग्ने संभावना कायमै

नामिवियामाथि नेपालको रोमाञ्चक जीत, फाईनल पुग्ने संभावना कायमै

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

नेपालले नामिवियामाथि त्रिकोणात्मक सिरिजमा ३ रनले रोमाञ्चक जीत हात पारेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नामिवियालाई पराजित गरेपछि नेपालको फाईनल खेल्ने संभावना कायम रहेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।

नेपालको जीतमा करण केसी, सोमपाल कामी ,दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराको बलिङ तर्फ महत्वपूर्ण भूमिका रह्यो । केसी, कामी र ऐरीले दुई दुई विकेट लिँदा बोहराले एक विकेट लिए ।

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

नामिवियाका जेजे स्मीतले ५० रन बनाए भने जनले ३३, जेपी २५ र जेन ग्रिनले अविजीत २३ रन जोडेका थिए ।

यस अघि पहिलो खेलमा नेपाल नामिवियासँगै २० रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा अब नेदरल्याण्डस् बिरुद्ध खेल्नेछ । सो खेल जितेमा नेपाल फाईनल पुग्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ