काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने बताएका छन्। भरतपुर भ्रमण वर्षमा सहभागी हुन आज चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने दावी गरे ।
फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने निर्णय गरेका छन्। यसले गठबन्धन विभाजित हुने आशंका बढेका बेला देउवाले सञ्चारकर्मीहरुलाई सो कुरा स्पष्ट पारेका हुन् ।
सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क हुन आग्रह समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline