साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । आमन्त्रित टोलीका रुपमा सहभागी नेपालले उपाधी जितेर ईतिहाँस रच्ने अवसर गुमाएको छ ।
टाई ब्रेकरमा नेपाल ५ ३ गोल अन्तरले पराजित भयो ।
टाइब्रेकरमा नेपालकी अमृता जैसी पेनाल्टीमा चुक्दा नेपाल पराजित हुन पुग्यो। नेपालका लागि गीता राना, दीपा शाही, हिरा भुजेलले गोल गरे।
जोर्डनकी आलिया अल मजाली, मायसा जब्राह, नउर जकास, सारा अबु सबाह,रोउजबहान फर्जीले गोल गरे।
नेपाललाई हराउँदै जोर्डन छैटौँ पटक च्याम्पियन बनेको हो।
साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्ट्स् सिटी रिसर्भ स्टेडियममा निर्धारित समयमा २–२ को बराबरी भएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो।
पहिलो हाफको २९ औँ मिनेटमा रेखा पौडेलको लामो क्रस जोर्डनका खेलाडीलाई लाग्दै आएको बललाई सविता रानाले गोलमा परिणत गरेकी थिईन् ।
खेलको ७४ औँ मिनेटमा लाना फेरासको गोलमा जोर्डन खेलमा फर्किएको थियो।
खेलको ८९ औँ मिनेटमा सराह अबुको गोलमा जोर्डनले अग्रता दोब्बर पार्यो। उनले कप्तान मायसाको पासमा गोल गरेकी थिइन्।
खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टी अवसर पाएको थियो। गीता रानाले त्यसलाई गोलमा परिणत गर्न सफल भईन् । दुई दुर्ई गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
च्याम्पियनसिपमा अपराजित रहेर फाइनल खेलेको नेपाल पाँच पटकको च्याम्पियन जोर्डनसँग पराजित हुन बाध्य भयो ।