काठमाडौं, १७ फागुन ।
त्रिभुवन विश्वविद्यालय सरस्वती मन्दिर व्यवस्थापन समितिमा नियुक्त भएका सदस्यहरुले बिहिवार उप कुलपतिको कार्यालयमा सपथ ग्रहण गरेका छन् । समितिका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
त्रिभुवन विश्वविद्यालय सरस्वती मन्दिर व्यवस्थापन समितिको यहि माघ २८ को निर्णय अनुसार जे.भी. फाउण्डेशनको सौजन्यमा निर्मित सरस्वती मन्दिरको रेखदेख संरक्षणको लागि त्रिविले बनाएको व्यावस्थापन समितिको आगामी ५ वर्ष सम्मकालागि समितिको अध्यक्षमा प्रा.डा. वैद्य सहित ३० जनालाई नियुक्त गरेको थियो ।
जे.भी. फाउण्डेशनका केन्द्रिय सल्लाहकार र सदस्यहरु मन्दिर व्यवस्थापन समितिमा रहने प्रावधान अनुसार सदस्यहरु नियुक्त भएका हुन् ।

सपथग्रहण कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय सरस्वती मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा.डा. वैद्यले नवनियुक्त वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सदस्य सचीव र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो।
मन्दिर व्यावस्थापन समितिको वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय दलित आयोगका सदस्य मीना देवी सोब, उपाध्यक्षमा स्थानीय सरकारका प्रमुख सल्लाहकार देवी माया सुनुवार, सदस्य सचिवमा डा. एम.पि.साह तथा सचिवमा येशु देवी महर्जन रहनुभएको छ ।
यस्तै सदस्यमा प्रा.डा. कमला महर्जन प्रा.डा. जीतलाल डंगोल, दश राज तण्डुकार, भुपेन्द्र कुमार पोखरेल,तिर्थ प्रसाद भट्टराई, नर बहादुर बस्नेत,संजय कुमार वर्मा ,ज्योति श्रीवास्तव वर्मा, गोपाल श्रेष्ठ, बाबुराजा बज्राचार्य, प्रा.डा. पदमलाल महर्जन, दिनेश कुमार बस्नेत, हरि कृष्ण दाहाल, शम्भु प्रसाद दाहाल, राम बहादुर खत्री, बल बहादुर कार्की, राष्ट्र गुरु पंण्डित ज्योतिस भक्ति विलास दाहाल, प्रतिभा श्रेष्ठ, पूर्ण बहादुर शाक्य, तुलसी नारायण श्रेष्ठ, कुशुम बज्राचार्य, रोजीना गुरङ, सिर्जना तिम्सिना, सुशिल (गौशली) र स्वस्तिका पन्थी रहेका छन् ।
समितिको प्रमुख संरक्षकमा प्रधानमन्त्री तथा कुलपति, सह संरक्षकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र संरक्षकमा त्रिभुवन विश्वविद्यालयका उप कुलपति, प्रमुख सल्लाहकारमा त्रिभुवन विश्वविद्यालयका पूर्व उप कुलपति प्रा.डा. तिर्थराज खनिया तथा सल्लाहकारमा त्रिभुवन विश्वविद्यालयका पूर्व उप कुलपति हरु रहने प्रावधान छ ।

उप–कुलपतिको कार्यालयमा भएको सपथ कार्यक्रममा बोल्दै अध्यक्ष प्रा.डा. वैद्यले विश्वविद्यालयमा निर्माण भएको सरस्वती मन्दिरको व्यावस्थापनमा सबैले निश्वार्थ रुपमा योगदान गर्न निर्देशन समेत दिनुभयो । साथै फाउन्डेसनले संन्चालन गरेको बेवारिसे शव जलाउनका लागि गरिने आर्थिक सहायता कोषमा सबैले सहभागीता जनाउन पनि सुझाउनुभयो ।
विश्वविद्यालय सरस्वी मन्दिर व्यावस्थापनका लागि बनेको समितिको यो तेस्रो कार्यकाल हो । त्रिभुवन विश्वविद्यालयमा माता सरस्वतीको मन्दिरको शिलान्यास त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनिया र प्रा.डा. वैद्यबाट बि.स.२०७५ चैत २७ गते संयुक्त रुपमा शिलान्यास भएको थियो भने बि.स. २०७६असार २५ गते तत्कालिन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका के. पी. शर्मा ओलीले समुद्घाटन गर्नुभएको थियो । उक्त मन्दिरमा राखिएको सरस्वती माताको मूर्ती तथा पञ्चधातुको घण्ट पनि प्रा.डा. वैद्यले नै प्रदान गर्नुभएको उक्त मन्दिरमा राखिएको शिलालेखमा उल्लेख छ ।

प्रा.डा. वैद्यले त्रिभुवन विश्वविद्यालयसहित कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा लगायत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुभएको छ ।
जेभी फाउण्डेसन धार्मिक तथा संस्कृती समितिले अगामी दुई बर्ष भित्र सबै विश्वबिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरि ब्यवस्थापन समिति बनाउने योजना रहेको पनि जनाइएको छ ।
सपथग्रहण पश्चात जे।भी। फाउन्डेसनका उपाध्यक्ष तथा स्थानीय सरकारका प्रमुख सल्लाहकार माननीय देवी माया सुनुवारले सम्पूर्ण नवनियुक्त सदस्यहरुलाइ सफल कायकालका लागि सुभकामना समेत दिनुभएको थियो ।






