मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, एक सय ७० भन्दा बढी चित्र समावेश

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, एक सय ७० भन्दा बढी चित्र समावेश

  • बुधबार, फाल्गुन १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, १६ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ नेपाल कला परिषद् बबरमहलमा जारी छन् । प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० भन्दा बढी चित्र समावेश छन्।
जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्रहरु रहेका छन् ।

मुन्दुम हजारौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएको किराँतीहरूमा प्रचलित मौखिक ज्ञान हो। मुन्दुमलाई किराँती धामीहरूको मन्त्र पनि मानिन्छ।

प्रदर्शनीमा खोटाङका धार्मिक तथा पर्यटकीय स्थलहरू हलेसी, जन्तेढुंगा, भुलभुले दूधकुण्डलगायतका ठाउँको चित्र राखिएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको प्रदर्शनी फागुन १७ गतेसम्म चल्नेछ।

गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ वटा जीवन्त चित्रहरू (लाइभ) समेत कोरिएकोमा सोहि चित्रहरु प्रदशनीमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्नुका साथै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य रहेको उनले बताए ।

प्रमुख भट्टराईले प्रदशनी सकिएपछि चित्रलाई संग्रहालयमा राखिने बताए । त्यसका लागि दिक्तेलमा नै संग्रहालय निर्माणको योजनासहितको तयारि अघि बढिसकेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी अभिरूचिपूर्वक अवलोकन गर्दै ।


चित्रकला प्रदर्शनीको अवलोकन गर्दै जे.भी. फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ