फागुण १६ काठमाण्डौँ । काठमाण्डौँमा जारी टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डस् बिरुद्ध पनि नेपाल पराजित भएको छ । पहिलो खेलमा नामिवियासँग २० रनले पराजित नेपाल आज २ रनले हार्न पुग्यो ।
नेदरल्याण्डस्ले दिएको १८५ रनको चूनौती पछ्याएको नेपाललाई रोहित पौडेल र त्यसपछि दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउदै जीत तर्फ अघि बढाए पनि लगातार विकेट पतन र अन्तिम ओभरमा दिपेन्द्र र करण आउट भएपछि नेपाली टोलीले हार व्यहोर्न बाध्य भयो ।
नेदरल्याण्डस बिरुद्ध नेपाल कप्तान रोहित पौडेलले अर्धशतक बनाए भने दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६३ रन जोडे ।
उनले तीन छक्का र ६ चौका प्रहार गरे । रोहितले २ छक्का र ६ चौका प्रहार गरे ।
ओपनर आशिफ शेख ३४ रन बनाएर आउट हुँदा अर्का ओपनर कुसल भूर्तेल शुन्य रनमा आउट भए । कुसल मल्ले ११ रन मात्र बनाए । सन्दीप जोराले ८ रन बनाए भने सोमपाल कामी शुन्य रनमै आउट भए ।