फाल्गुन १६, काठमाडौँ । साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल गुमाउने भएकी छन् ।
नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दा नेपालका उत्कृष्ट स्ट्राईकरको अनुपस्थितिले टिममाथि दबाब हुनेछ ।
उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै सावित्रा फाइनलका लागि उपलब्ध नहुने जनाएको छ । लेबनानविरुद्ध पनि सेमिफाइनलमा गोल गरेकी सावित्रा प्रतियोगितामा उच्च गोलकर्ता छिन् ।
उनले प्रतियोगितामा नौ गोल गरिसकेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline