नेपाललाई नेदरल्याण्डको १८५ रनको लक्ष्य

नेपाललाई नेदरल्याण्डको १८५ रनको लक्ष्य

  • बुधबार, फाल्गुन १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

टी–२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपालसामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४रनको योगफल तयार पारेको हो।

ओपनर माइकल लेविट ५४ रन बनाउँदा आउट भए। कुशल मल्लले वौँ ओभरको पाचौँ बलमा माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। माइकलले ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

तेस्रो विकेटका लागि स्कट र सेब्रान्ड एंगेलब्रेचले ६४ रनको साझेदारी गरेका थिए।

१३ औँ ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इडवार्डलाई रन आउट भए। १६ बलमा ५ चौका हानेका कप्तान आउट भएसँगै नेपाललाई केही राहत मिलेको थियो।

तेस्रो ओभरको पहिलो करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दिपेन्द्र सिंह ऐरि हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाउँदै पेभेलियन फर्के।

चौथो विकेटका लागि सेबार्ड र तेजा निदामनुरुले ६१ रनको साझेदारी गरे। तेजा ३१ रन बनाउँदा रन आउट भए। सेब्राट ४९ रनमा नटआउट रहे। ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ