लेवनानलाई हराउदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाईनलमा

लेवनानलाई हराउदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाईनलमा

  • बुधबार, फाल्गुन १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेपाली महिला टोली साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनल भिडन्तमा पहिलो हाफमा पछि परेको नतिजा उल्टाउँदै नेपालले लेबनानलाई २-१ ले हराएर उपाधि भिडन्त पक्का गरेको हो। नेपालले फाईनलमा जोर्र्डनसँग खेल्नेछ ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयानुसार मध्यराति भएको भिडन्तमा नेपालका लागि सावित्रा भण्डारी साम्बा र प्रीति राईले एक(एक गोल गरे।

अग्रता भने लेबननले बनाएको थियो। खेलको ३८औं मिनेटमा पूजा रानाले आत्मघाती गोल गरेकी थिइन्।

पहिलो हाफसम्म १-० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किँदै उपाधि यात्रा तय गर्यो। खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारीले विपक्षी खेलाडीले डी बक्सभित्रबाट क्लियर नगरेको बललाई जाली चुमाइन्।

नेपाली मिडफिल्डर प्रीति राईले निर्णायक गोल खेलको इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले गरिन्।

कर्णर बललाई लेबननी बचाएर पठाएको डी बक्सबाहिरबाट उनले प्रहार गरेको सटले जाली चुम्यो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ