नामिविया बिरुद्ध नेपालको बलिङ पनि कमजोर , २०७ रनको बिशाल लक्ष्य पछ्याउदै नेपाल

नामिविया बिरुद्ध नेपालको बलिङ पनि कमजोर , २०७ रनको बिशाल लक्ष्य पछ्याउदै नेपाल

  • मङ्लबार, फाल्गुन १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रनको बिशाल लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनायो ।

नेपाली बलरहरुको कमजोर प्रदर्शनको फाईदा उठाउदै नामिवियाका जोन निकोल लोफ्टीले ३६ बलमा १०१ रनको शतकीय पारी खेले । उनले ३४ बलमै एक सय रन पूरा गर्दै कुसल भूर्तेलले राखेको विश्व कीर्तिमानको बराबरी गरे ।

त्यसपछि मलन कुरेगरले अविजीत ५९ रन बनाउदा नेपालले पुरै २० ओभरमा जम्मा ४ विकेट मात्र लिन सक्यो । २ विकेट कप्तान रोहित पौडेलले लिए भने एक विकेट करण केसी र अर्को विकेट अविनाश बोहराले लिए ।

पहिलो आईसीसी लिग २ को सिरिजमा पनि दुबै खेलमा हारेको नेपालले आज उत्कृष्ट ब्याटिङ नगरे पराजित हुनु पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ