प्रभू बैंकका डेप्युटी सिईओ न्यौपानेलाई सिआईबीले नियन्त्रणमा लियो, सेञ्चुरीमै हुँदा कर्जा लगानीमा हिनामिना गरेको आरोप

प्रभू बैंकका डेप्युटी सिईओ न्यौपानेलाई सिआईबीले नियन्त्रणमा लियो, सेञ्चुरीमै हुँदा कर्जा लगानीमा हिनामिना गरेको आरोप

  • मङ्लबार, फाल्गुन १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो।

उनी तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा रकम लगानी गर्ने बेलामा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले बताएको छ। तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुअघि उनले सेञ्चुरीमा ९ महिना कार्यवाहक सीईओको भूमिका निर्वाह गरेका थिए। सेञ्चुरी बैंक प्रभू बैंकसँग मर्जर भएको थियो ।

दुुई बैंक मर्जरपछि उनी २०७९ पुस २६ मा प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ