फागुण १५ काठमाण्डौँ । नेपाल र नामिवियाबीच त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान साढे ११ बजेपछि शुरु हुनेछ । आजको खेलमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा दुई हारको बदला लिने दाउमा नेपाली टोली रहने छ ।
१६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेपाल र नामिबिया भिड्नेछन्।
१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ भने १९ गते सिरिजको आफ्नो अन्तिम खेलमा नेदरलल्याण्डसँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्।
शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।
यी हुन् नेपाली खेलाडी
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।