जे.भी. फाउन्डेसनद्धारा बेवारिसे शव जलाउन आर्थिक सहयोग, ५९ हजार ८७४ जनाको दाहसंस्कारको लागि सहयोग गरिसकेका छौँ: अध्यक्ष वैद्य

जे.भी. फाउन्डेसनद्धारा बेवारिसे शव जलाउन आर्थिक सहयोग, ५९ हजार ८७४ जनाको दाहसंस्कारको लागि सहयोग गरिसकेका छौँ: अध्यक्ष वैद्य

  • सोमवार, फाल्गुन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाडौं, १४ फागुन ।
जे.भी फाउन्डेसनले बेवारिसे अवस्थामा रहेका पाँच जनाको शव जलाउन आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले आफै पशुपति आर्यघाट (बिद्युतिय शवदाह गृह) पुगेर पाँच वटा बेवारिसे शवको दाहसंस्कारको लागि आथिक सहयोग गर्नुभएको हो । साथमा फाउन्डेसनका सदस्य सचिव एम.पि. शाह को पनि उपस्थिती थियो ।
विद्युतिय शवदाह गृह पुग्नुभएका अध्यक्ष वैद्यले अहिलेसम्म फाउन्डेसनले ५९ हजार ८ सय ७४ जनाको शव जलाउन आर्थिक सहयोग गरिसकेको मिर्मिरे अनलाईनलाई जानकारी दिनुभयो । आज पनि बेवारिसे अवस्थामा रहेका पाँच वटा शव जलाउन पैसा नभएकोले समस्या परेको भनेर विनयजंग बस्नेतले बताएपछि आफै उपस्थित भएर सहयोग गेको बताउनु भयो ।

बि.स. २०३५ सालदेखि समाजसेवा क्षेत्रमा सक्रिय भएर लाग्नुभएका प्रा.डा. वैद्यले शव जलाउन समेत पैसा नभएका, आफन्त नभएका र बेवारिसे अवस्थामा भेटिएका शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएकाहरुलाई पनि आईरहेको बताउनु भयो । पैसा कै अभावमा कसैको शव बेवारिसे बन्न नपुगोस भन्ने उदेश्यले सहयोग गर्ने गरिएको बताउदै उहाँले कोहि आफन्त नभएकाहरुको आफै मलामि बनेर दाहसंस्कार गरिएको पनि बताउनु भयो ।

फाउन्डेसनले असहाय, असक्तहरुलाई खाद्यान्ह, लत्ताकपडा सहयोग गर्नुका साथै रक्तदान गर्ने गरेको छ । अध्यक्ष प्रा.डा. वैद्य आफैले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसक्नुभएको छ । साथै उहाँले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।
यस्तै जाजरकोट केन्द्र बिन्दु भएर आएको भुकम्प पिडितहरु मध्ये महिलाहरुलाई महिनावारी हुदा प्रयोग हुने सेनिटरी प्याड टावल पन्ध्र हजार कार्टुन, जुत्ता एक हजार जोर, त्रिपाल पाँच हजार थान, कम्मल पच्चिस हजार थान, बल्याङ्केट बीस हजार थान, न्यानो लुगा बीस हजार थान, विभिन्न औषधि पचास कार्टून सहयोग गरिसकेको फाउन्डेसनले थप लत्ताकपडा सहितका सामग्री पठाउने तयारि गरेको पनि सदय सचिव एमपि शाहले जानकारी दिनुभयो । पशुपतिको विद्युतिय शवदागृहमा आजै ३० वटा बेवारिसे शव को दाहसंस्कार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ