संसदमा एमालेको नाराबाजी, अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची प्रभावित
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले नाराबाजी गरेका छन्। ११ बजे सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि कार्यसूची प्रभावित बन्यो ।
आजको नाराबाजीमा रास्वपाका सांसद पनि मिसिएका छन् ।
सांसदहरूले ‘सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरूलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए। सांसदहरूको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline