टी २० विश्वकपको तयारीमा रहेको नेपालले नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा टी–२० खेल्ने टोलीको घोषणा गरेको हो। टोलीमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारी, प्रतिस जीसी, सन्दीप जोरा, विवेक यादव, रसिद खान, सागर ढकाल र अविनाश बोहोरा टी २० खेल्ने राष्ट्रिय टोलीमा अटाएका छन्।
टी(२० को टोलीमा भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ लाई राखिएको छैन ।
नेपालले मंगलबार देखि घरेलु मैदानमा टी २० सिरिज खेल्नेछ।
सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ। १६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेपाल र नामिबिया भिड्नेछन्।
१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते सिरिजको आफ्नो अन्तिम खेलमा नेदरलल्याण्डस्सँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्।
शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।
यी हुन् नेपाली खेलाडी
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।